Pages

Friday, January 25, 2013

पेनड्राईभ/मेमोरी कार्डका hidden folders र समाधान

देवराज भाईको कम्प्युटर भाईरसले ग्रस्त भएको रहेछ। कम्प्युटर फरम्याट गरेर नयाँ अपरेटिङ सिस्टम र नि:शुल्क भर्सनको अ-भास्ट एन्टिभाईरस ईन्सटल गरि दिएँ। देवराज भाईले डेटा व्याकअप गरेर पेनड्राईभमा राखेको रहेछ। त्यसैले उक्त पेनड्राईभमा भएको डेटा भाईको कम्प्युटरमा कपि गर्नु अघि पेनड्राईभमा भएको भाईरस ईन्फेक्शनलाई हटाउनु जरुरी थियो नत्र कम्प्युटर पुन: संक्रमित हुने संभावना धेरै थियो।

मेरो ल्यापटपमा भएको कास्पर्स्-काई एन्टिभाईरस सफ्टवेयरले उक्त पेनड्राईभलाई स्क्यान गरेर त्याहाँ भएका सम्पुर्ण भाईरसलाई हटाएँ। तर, एउटा जटिल समस्या देखियो। पेनड्राईभमा भएका कुनै पनि फोल्डरहरु त्याहाँ थिएनन्। मलाई लाग्यो सबै फोल्डरहरु डिलिट भएछन्। अब परेन फसाद??


पेन ड्राईभ मा भएका फाईलहरुको टोटल साईज हेरें, ४० MB मात्रै रहेछ। अनि, पेनड्राईभको पुरा प्रयोगमा आएको साईज हेरें, लगभग ७०० MB रहेछ। त्यसको अर्थ लगभग ६०० MB भन्दा माथिका फाईलहरु लुकाईएको (hidden) अबस्थामा रहेछ। ती लुकाईएका फोल्डर र फाईलहरुलाई कसरी निकाल्ने? सानो चर्चा गरौं।

समाधान
----------
१) सर्व प्रथम माई कम्प्युटरमा गएर पेनड्राईभ को ड्राईभ लेटर चेक गरेर नोट गर्नुस्। मेरो पेनड्राईभ "K" रहेछ।

२) त्यसपछि कमान्ड प्रम्प्ट प्रोग्राम खोल्नुस। (विन्डोज कि + R एकैपटक प्रेस गर्नुस, RUN खुल्नेछ। त्यसमा CMD टाईप गरेर ईन्टर हान्नुस, कमान्ड प्रम्प्ट प्रोग्राम खुल्नेछ।)

३) यो कमान्ड टाईप गर्नुस्: attrib -s -h -r k:\*.* /s /d (यहाँ k को ठाऊँमा तपाईको पेनड्राईभको लेटर टाईप गर्नुहोला)

४) त्यसपछि "ईन्टर" हान्नुस। त्यतिहो तपाईले गर्ने काम। केहिछिन पछि तपाईको पेनड्राईभ/मेमोरि कार्ड चेक गर्नुस्। लुकाईएका फोल्डरहरु पुन: प्रकटहुनेछन्।

यस्तो समस्या बिशेष गरि डिजिटल क्यामेरा तथा मोबाईलको मेमोरीहरुलाई फोटो स्टुडियोमा प्रिन्ट गर्न दिँदा ईन्फेक्शन भएको पाईयो। फोटो स्टुडियो मा प्रयोग भएको मेमोरीलाई एकपटक प्रोफेसनल एन्टिभाईरस प्रोग्रामले स्क्यान गरेर मात्रै प्रयोग गर्दा यस्तोखाले समस्या बाट बच्न सकिन्छ।

यदी तपाईहरुसित कम्प्युटर सम्बन्धी केहि यस्ता समस्याहरु छन् भने मलाई ईमेल गर्नुहोला। म सहयोग गर्ने कोशिस गर्नेछु।

धन्यवाद!

Sunday, January 6, 2013

पनौती बर्ष २०१२

बर्ष २०१२ मेरो निम्ती एक परिक्षा बर्ष भनौं या पनौती बर्षको रुपमा प्रकट भयो। सोंच्दै नसोंचेका घटनाहरुको घनचक्कर भित्र पेलिंदा-पेलिंदै बर्ष २०१२ ले बिदा लियो। यस्ता सम्मका उदेकका घटनाहरु भए कि, सम्झिंदै आफैलाई छक्क लाग्छ।
यहाँ बर्ष २०१२ मा घटेका केहि घटनाहरुको सम्झना गर्न चाहन्छु।

घटना १:
मार्चमा कतार आएँ, तर स्पोन्सर बाट धोका खाएँ। बाध्य भएर १ महिना पछि अप्रिलमा पुन: नेपाल फर्कनु पर्यो। यो त शुरुवात मात्रै थियो परिक्षाको।
घटना २:
२०११ को सेप्टेम्बर-अक्टोबर तिर मृगौला बाट त पत्थरि झर्यो तर पिसाब नलिमा आएर अड्केर बस्यो। कति कोशिस गर्दा पनि पिसाब नलि बाट तल पत्थरी झर्नै मानेन। त्यसैले राम्रो संग सम्झना भएन, शायद २०१२ को मे अथवा जुन मा होला,  ॐ अस्पताल, काठमान्डौंमा युरेटेरेस्कोपिक सर्जरी गरेर पत्थरी निकाल्नु पर्यो।


घटना ३:
पुन: जुलाईमा कतार आएँ। १ रुपैयाँ खर्च गरेर १० रुपैयाँ कमाउँला भन्ने योजना थियो तर, समयले त्यसको ठिक उल्टो गर्यो, १ रुपैयाँ कमाउन १० रुपैयाँ खर्च गर्नु पर्यो। हरेक योजना र कार्यहरुको ठिक उल्टो परिणाम निस्कियो।
घटना ४:
२ महिना पछि मेडिकल र फिङ्गरप्रिन्ट सकेर रेजिडेन्स पर्मिटको लागी स्पोन्सरलाई पैसा र पासपोर्ट बुझाएँ। तर अफसोच ३ महिना कुर्दा पनि रेजिडेन्स पर्मिट बनेन। यतिका दिन भैसके, अब त जसरी पनि रेजिडेन्स पर्मिट बनाउन लागि पर्नु पर्छ भन्ने लाग्यो। काम बाट कहिल्यै फुर्सद नहुने। त्यसैले गर्दा-गर्दैको काम छाडेर, आफ्नो अन्तिम हिसाब-किताब बर-बुझारथ गरें। त्यसको १-२ दिन पछि अफिस गएर स्पोन्सरलाई भेट्दा त म झांगा बाट खसे जस्तै भएँ। मेरो सहित जम्मा ३ जनाको पासपोर्ट त बुढाको अफिस बाट गायब भएको रहेछ।
रेजिडेन्स पर्मिट बनेपछि बैंक बाट लोन लिएर कुनै पार्ट-टाईम व्यावसाय गर्छु भनेर स्पोन्सरबाट अनुमति लिईसकेको थिएँ। शायद त्यहि योजना असफल हुनु थियो। अर्को कारण हुन सक्छ, मेरो कारको ड्राईभिङ लाईसेन्स को म्याद १२/१२/२०१२ मा सिद्धिदैथियो। यदि मेरो रेजिडेन्स पर्मिट भएको भए त्यो तुरुन्तै नविकरण हुन्थ्यो र मेरो काम सजिलै संग चल्थ्यो र त्यसो नहुनु पर्ने भएकैले त्यो पनि एउटा कारण हुनसक्छ मेरो पासपोर्ट हराउनमा।
यी यस्तै कुराहरु सोँचेर आफ्नो मन बुझाएँ।
घटना ५:
बर्षको अन्त्य तिर, अब त केहि हुन्न होला भनेको त झन उदेकलाग्दा घटनाहरु भए। एक त जागिर छोडिसकेको ले खर्चको अभाव थियो। त्यसमाथी झन बढि खर्चको अभाव खट्कनु पर्ने थियो समयको कार्यतालिकामा। त्यसैले छँदा-छँदैको मोबाईल साबधानी अपनाउदा-अपनाउदै पनि पानिको बकेटमा झरेर बेकार भयो। मोबाईल खराब भएकोमा मलाई दु:ख लागेन बरु मोबाईल मेमोरिमा भएका सबै नम्बरहरु गायब भएकोमा धेरै अफसोच भयो।
बर्ष २०१२ को अवसानका अन्तिम दिनहरु गन्ति गर्दै थिएँ। लगभग बर्षको अन्त्यको ३ दिन अगाडि भर्खरै किनेको मोबाईल सिम संगै गायब भयो। अब पो पर्यो अर्को फसाद। त्यो सिम दाजुको आईडी कार्डबाट निकालेको थिएँ। त्यहि नम्बरको अर्को सिम तुरुन्तै निकाल्न पनि असम्भव थियो। कारण दाजु छुट्टि मनाउन नेपाल फर्किसक्नु भएको थियो।
एक त सबै नम्बर गायब, त्यसमाथी आफ्नै नम्बर पनि हराउनु! सबै क्लाईन्टहरुलाई कन्ट्याक्ट गर्न म असमर्थ भएपनि क्लाईन्टहरुले त मलाई कन्ट्याक्ट गर्न सक्थे नि मेरो मोबाईलमा। अब त्यो माध्यम पनि टुटेपछि म के भन्नु?? 
बर्ष २०१२ भरि अर्को मोबाईल किन्दिनँ भन्ने सोंचेको थिएँ। तर अन्तिम दिनमा परिवार र मित्रजनहरुको धेरै याद आयो। नयाँ बर्षको शुभकामना दिनै पर्छ। त्यसैले पुन: अर्को मोबाईल र सिम खरिद गरें।
घटना ६:
हराएको मोबईल बजेट मोबाईल थियो त्यसैले मोबाईल नपाए पनि सिम मात्रै पनि पाए हुन्थ्यो भन्ने लागेको थियो। बर्षको अन्तिम दिन, नयाँ मोबाईल र सिम भएपछि मेरो हराएको नम्बरमा डायल गरें। अचम्मै भयो, यतिका दिन सम्म फोन नै नलाग्ने मोबाईलमा अचानक फोन लाग्यो तर कसैले फोन उठाएन। । एक छिन त्यहि पुरानो मोबाईल नम्बर बाट मिसकल आयो। तुरुन्तै फोन गरें, कुराकानी भयो। मोबाईल माथी गाडि कुदेछ। त्यसैले फोन बेकार भएको र काम नलाग्ने अवस्थामा भएको कुरा थाहा पाएँ। 
आशा मारिसकेको सिम पाउने पक्का भएपछि धेरै खुशी भएँ। शायद पनौति बर्षको असर सकिएछ जस्तो लाग्यो। हराएको सिम पाउनु नै नयाँ बर्षको पहिलो उपहार सम्झिँदै आउँदा दिनहरु शुभ र सफलताले भरिपुर्ण हुनेछन् भन्ने आशाका साथ नयाँ बर्षको सेलेब्रेशन तिर लागें। 
तपाईहरु सबैलाई नयाँ बर्षको शुभकामना दिदैं यस्तो पनौति बर्ष कसैलाई नपरोस् भन्ने कामना गर्न चाहन्छु।