Pages

Tuesday, October 16, 2012

विजया दशमीको शुभकामना

सबै मित्रजन, आफन्त, साथी-भाई, दिदी-बहिनिहरुमा २०६९ सालको विजया दशमीको शुभकामना व्यक्त गर्दछु।

 

Thursday, September 20, 2012

मेरो मन भित्र घमासान युद्ध चलिरहेछ, किन हो?

 

आज अनायशै मेरो मन भित्र एउटा युद्ध शुरु भयो र अझै चलिरहेछ। बिहानै देखि चलेको युद्ध चरम उत्कर्षमा पुग्यो लगभग दिउसो २:०० बजे तिर। लडाईको भाप सहन नसकेर मेरा दुबै आँखाहरु रसाएर अश्रु बृष्टि भयो। शायद त्यो अत्याबश्यक थियो। मैले गरेका भुल र गल्तिहरु अनि म भित्र भएका केहि असलकुराहरुको क्रिया-प्रतिकृया थियो त्यो। शायद धेरै बर्ष देखी नै शित युद्ध झैं भित्र-भित्रै चलिरहेको थियो त्यो द्धन्द्ध। आज आएर, निर्णायक युद्धमा टुङ्गिन लागे झैं महशुस भैरहेछ। परिणाम के निस्कने हो त्यो थाहा भएन शायद, बच्चा जन्मनु अघिको प्रसव वेदना पो हो की?

Monday, August 20, 2012

जातिय संघियता बिरुद्ध मोर्चाबन्दि

एकल जातिय पहिचानको आधारमा होस् वा बहुल जातियको आधार, जुनसुकै आधारमा भएपनि "जातिय संघियता" देशको भबिष्यको लागि राम्रो कदापि हुन्न। यसले जाति-जाति बिचमा फुट ल्याएर अन्तिममा गृह युद्धमा देशलाई लैजान्छ। 

एउटा बिचारणीय कुरा के छ भने, केहि जात-जातिहरुको राज्यहरु को प्रस्ताव गर्दा समेत देश कै लगभग एक-चौथाई भन्दा बेसी जनसंख्या हुन आउने क्षेत्री-ब्राहमणहरुको छुट्टै राज्य प्रस्ताव नआउनुको पछाडी कुनै ठोस उद्देश्य छैन होला र? 

यस बिषयमा आ-आफ्नो राज्य हुनु पर्छ भन्ने माग राखेर आन्दोलनरत सम्पुर्ण जात-जातिका नेतृत्ववर्ग ले गम्भिर भएर बिचार पुर्याउनु पर्यो। 

जहाँ सम्म काँग्रेसको कुरो छ, गिरिजा प्रसाद कोईरालाको शेष पछि काँग्रेस काँग्रेस रहेन। शुसील जी को के कुरा गर्नु, वहाँ आफै निर्णय लिन नै सक्नु हुन्न। अन्य नेताजीहरु देखेकै हौं। गगन थापा जी संग केहि आश गर्नु पर्ने खुबीहरु छन् तर वहाँको पनि युवा नेतृत्वमा खासै पहुँच छ जस्तो मलाई लागेन। अन्य केही नेताहरु हुनुहोला तर अफशोस वहाँहरु केन्द्रमा पुग्न सक्नु भएको छैन। त्यसैले काँग्रेस ले केहि गर्ला जस्तो लाग्दैन।

एमाले को के कुरा गर्नु? एमाले संग त आफ्नो संगठन सुदृढ गर्ने नारा छ तर देशको लागी कुनै नारा नै छैन। काठमान्डौं मा डुल्दा गल्लि-गल्लिका भित्ताहरुमा एमालेको नारा देखेर छक्क परेको छु। तपाईहरुले पनि यसो बिचार गर्नु होला, उनिहरुको नारामा कि त बन्द-हड्तालको आह्वान हुन्छ, कि त आफ्नै संगठन सुदृढ गर्ने रटान हुन्छ। देशको फलानो आयोजना को लागि, देशको फलानो स्वार्थको लागी भनेर कहिँ-कतै केहि भेटिदैन। यस्तो पार्टी बाट के आश गर्नु र? 

मधेशीवादी दलहरु ले त झन्डै बित्यास नै पारेका "एक मधेश - एक प्रदेश" भनेर। बरु मधेशबादी दलहरुमा केहि परिबर्तन जरुर आएको जस्तो भान हुन्छ। सत्ता समिकरणको खेल र भ्रष्टाचारलाई बेवास्ता गर्ने हो भने, विजय कुमार गच्छदार र सुझ-बुझ भएका अन्य मधेशी नेताहरुको पहलले "एक मधेश-एक प्रदेश" को मुद्दा केहि ओझेल भएकै हो। 

आखिर जे-जस्तो भए पनि, राजनितिक पार्टीहरु देशका अस्थीपंजर हुन्। त्यसैले एमाओवादीले ल्याएको "जातिय संघियता" को बिरुद्ध अन्य सबै राजनितिक पार्टीहरु एक भएर लड्नु पर्छ। देशलाई बचाउनु आबश्य छ त्यसैले प्रचण्ड (देश नै मुर्झाउने गरी प्रचण्ड रहेछन्) ले मोर्चाबन्दिको उद्घोष गरे झैं काँग्रेस-एमाले र अन्य पार्टीहरुको छुट्टै मोर्चाबन्दि आवश्यक भैसकेको छ।


Friday, August 3, 2012

के राजा फेरी आउलान?

नेपालमा राजपरिवार का अरौटे-भरौटेहरु र पारसको डन प्रवृत्तीले वाक्क नेपाली जनताहरुमा बिशेष गरी राजा बिरेन्द्रको बंश नाश पछिको परिस्थीतिले राजसंस्था प्रति नेपालीहरुको बितृष्णा र घृणा पलाएको सबैलाई अवगत भएकै कुरा हो।

अहिले को परिस्थितिमा भने नेताहरुले मच्चाएको ब्रह्म लुट देखी जनताहरु निराश हुनु स्वाभाविकै हो। अझ, जातिय संघियताको नाममा नेपाली समाजलाई टुक्र्याउन खोज्नु, ४-४ बर्ष सम्म पनि संबिधान बनाउन नसक्नु र पूर्व बिशिष्टहरुलाई आजिवन सुबिधा जस्ता प्रसंगहरुले आम नेपालीहरुको हृदय कुँडिन पुगेकोछ। अझ यस्तै परिस्थीति केहि समय लम्बिन पुग्यो भने "राजा" वा यस्तै कुनै तानाशाहको जन्म नहोला भन्न सकिन्न।

यदि राष्ट्रीय एकता, जनताको शान्ति सँग बाँच्न र काम गरि खान पाउने अधिकार, सबै भ्रष्ट तथा देशद्रोही नेताहरु लाई कार्वाही, सामाजीक तथा आर्थीक क्रान्तीको प्राबिधिक र प्रयोगात्मक रुपले सहि ठहर्याउन सकिने योजना अघि सारेर बिगतमा गरेको गल्ती र कमजोरीहरुको लागी क्षमा याचना सहित राजसंस्था जनताको घर-दैलो पुग्छ भने नेताहरु जति सुकै कुर्ले पनि, बाहिरीया शक्तीहरुले हस्तक्षेप गरे पनि, नेपालमा राज संस्था पुनर्स्थापना हुन देखी कसैले रोक्न सक्दैनन्।

त्यसैले नेताहरुले आफुलाई परिबर्तन गरुन्। होईन भने भित्री हृदयले नै नभए पनि राष्ट्रीय एकता र शान्ती कै लागी भएपनि नेपाली जनताहरु बाध्य भएर राज संस्थाको पक्षमा लाग्ने छन्।

Thursday, August 2, 2012

जातिय संघियता कि राष्ट्रियता ???

धेरै भयो जातिय संघियता को कुरो उठेको! तर यो कुरा मलाई चाहीँ मन परेन। त्यसैले जातियताको समर्थन गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई सम्बोधन गर्दै केहि कुराहरु प्रस्तुत गर्न चाहन्छु।

तटस्थ भएर सोच्नुस त, एउटा राष्ट्रको निर्माण कसरी भएको छ? राष्ट्र भनेको निश्चित भौगोलिक परिधी भित्र पर्ने व्यक्ती-समाजको बृहत रुप हो। यो कुनै समाज शास्त्री या राजनिती शास्त्री को परिभाषा नभएर, आम नागरिक को बुझाई हो र अकाट्य ध्रुवसत्य पनि हो।

सर्ब प्रथम एउटा व्यक्ती बाट शुरु हुन्छ कुनै पनि राष्ट्रको निर्माण। त्यसपछि, व्यक्त-व्यक्ती मिलेर एउटा परिवार बन्छ। परिवार-परिवार मिलेर एउटा एउटा समुह बन्छ। जसलाई उनिहरुको पुर्खा, आगमन भएको स्थान वा बासस्थानको आधारमा जात-जातीमा बर्गीकरण गरिएको हुन्छ। यस्ता समुह वा यीनीहरु अन्तर्गत पर्ने परिवार हरु मिलेर एउटा समाजको निर्माण हुन्छ। र अन्तत: माथी उल्लेख गरेझैं यस्तै समाजको बृहत रुप बाट नै एउटा राष्ट्रको निर्माण हुन्छ जस्लाई निश्चित भौगोलिक परिधीले बाँधेर राखेको हुन्छ। अझ यो भन्दा पनि ठुलो संरचना पहिल्याउने हो भने, राष्ट्र-राष्ट्र मिलेर महादेश बन्छ, त्यसपछि, पृथ्वी (ग्रह), अनि ब्रहमाण्ड। जो सृष्टीको एउटा बिशाल रुप हो।

यो त भयो समाज, देश अनी ब्रहमाण्ड कसरी बन्छ। कसरी टुक्रिन्छ (भत्किन्छ) भन्ने पाटो तिर एकपटक सर्सर्ती नजर लगाऔं। ब्रहमाण्ड बाट ग्रह (पृथ्वी), त्यसपछि महादेश, राष्ट्र, समाज, जात-जाती, परिवार हुदैं अन्तत: व्यक्ति (प्राणी), बस् एक्लो व्यक्ति (प्राणी) मा सिमित हुन आउँछ।

हुन त ब्रहमाण्ड, राष्ट्र र व्यक्ती संयोजन यहाँ अलिक सान्दर्भिक नहोला तर पनि यसले बुझ्नमा केही सहयोग गर्नसक्छ भन्ने लागेर मात्र उठान गरेको हुँ। हाम्रो सम्बन्ध भनेको राष्ट्र र जातीको बिचमा मात्र छ।

यीनीहरुको सम्बन्ध लाई पनि एकपटक केलाएर हेरौं। राष्ट्र बलियो भयो भने त्यहाँ बसोबास गर्ने समाज, जात-जाती, परिवार र व्यक्ति स्वत: बलियो र समृद्ध हुन जान्छ। तर यसको ठिक बिपरित राष्ट्र कमजोर भयो भने त्यहाँ आश्रीत समाज, जात-जाति, परिवार र व्यक्ति स्वत: कमजोर र सामर्थ्य विहिन हुन जान्छ।

अब प्रसंग तर्फ लागौं। राष्ट्र ठुलो कि जात-जाती? राष्ट्रको माँग ठुलो कि जात-जातिको? जात-जातीको नाम मा नाजायज, स्वार्थि मागलाई सम्बोधन गरेर राष्ट्रलाई कमजोर बनाउने की? जात-जाती को मागलाई सम्बोधन गर्नु पर्छ तर त्यसले राष्ट्रलाई कमजोर बनाउँछ भने त्यस्तो माग सम्बोधन गरिनु हुन्न। राष्ट्रको एक ढिक्को हुने मागलाई लत्याएर जात-जातीको नाममा संघियता हुनु पर्छ भन्नु भनेको भएको घर को छानो भत्काएर बलियो टाटी-बेरा गरेर बस्नु जस्तो मात्र हो। शायद तपाई्/हरु पनि छानो बिनाको घरमा बस्न सक्नु हुन्छ जस्तो मलाई लाग्दैन।

नेपाली जनताहरुको साँचो मागको कुरा गर्नु हुन्छ भने पूर्व मेची देखी पश्चिम महाकाली सम्म जानुस्। त्याहाँका एक-एक नागरीकलाई तपाईको भित्री मन देखि भन्नुहोला भनेर सोध्नुस, "जातिय संघियता चाहनु हुन्छ कि राष्ट्रिय एकता"। वहाँहरुको एउटै उत्तर हुनेछ, "राष्ट्रियता"। मेरो अध्ययनले थाहा पाएको तथ्य त्यहि हो "नेपाली जनताहरु जातिय संघियता चाहँदैनन्। वहाँहरु राष्ट्रको झण्डा मुनी एक ढिक्का भएको नेपाल चाहन्छन्।"

सत्य त यहि हो कि, माओबादी भुमिगत हुँदा आफ्नो स्वार्थ पुरा गर्ने क्रममा केहि जातिहरु बिच गुम्सिएर रहेको अन्तरबिरोधलाई  उपयोग गरेर आफ्नो राजनैतिक पकड लाई बलियो बनाउने रणनितिको रुपमा यसका उच्च नेताहरु प्रचण्ड र बाबुराम को कुटिल मस्तिष्कबाट निष्किएको एउटा "खेल" मात्र हो यो जातिय संघियता। जसरी आईन्सटाईनले अणु बम बनाएर अन्तिममा पश्चाताप गरेका थिए त्यसै गरि प्रचण्ड र बाबुरामले आफ्नो स्वार्थ त पुरा गरे तर उनिहरुले शुरु गरेको यो खेल प्रति उनिहरु पक्कै पनि दु:खी र लज्जित छन्। म ठोकुवा दिएर भन्छु, उनिहरु मर्नेबेला "तपाईहरुले जिन्दगी मा गरेको कुन कार्य प्रति तपाईहरु दु:खी र लज्जित हुनुहुन्छ" भनेर सोध्ने हो भने उनिहरुको एउटै जबाफ हुनेछ "हजारौं मान्छे मार्दा/मर्दा हामीलाई पश्चाताप लागेन तर यो जातिय संघियताको खेल शुरु नगरेको भए हुने थियो कि भन्ने हाम्लाई लाईरा'छ"।

यसकारण यदि तपाई जातिय संघियताको पक्षधर हुनुहुन्छ भने कतै गलत त गरि रहनु भएको छैन? तपाई लाई मेरो व्यक्तिगत सुझाव छ। तपाईको परिवार का हुर्किसकेका र जेष्ठ सदस्यज्युहरुलाई सोध्नुहोला, वहाँहरुको भावना बुझ्नु होला वहाँ हरु पनि जातिय संघियताको पक्षधर हुनु हुन्छ कि राष्ट्रिय एकता को। मलाई विश्वास छ, वहाँहरुको एउटै उत्तर हुनेछ "राष्ट्रिय एकता"

हाम्रो छिमेकि देश भारतको गए-गुज्रेको भनेर घृणित राज्य बिहारले त राष्ट्रियताको नारा अँगाले देखि डेढ दशकमा नै बिशाल प्रगति गरिसकेको छ। त्यसैले मित्रहरु, जातियता होईन, हाम्रो माग र नारा राष्ट्र र राष्ट्रिय एकता हुनु पर्छ। जय राष्ट्र!!