आज अनायशै मेरो मन भित्र एउटा युद्ध शुरु भयो र अझै चलिरहेछ। बिहानै देखि चलेको युद्ध चरम उत्कर्षमा पुग्यो लगभग दिउसो २:०० बजे तिर। लडाईको भाप सहन नसकेर मेरा दुबै आँखाहरु रसाएर अश्रु बृष्टि भयो। शायद त्यो अत्याबश्यक थियो। मैले गरेका भुल र गल्तिहरु अनि म भित्र भएका केहि असलकुराहरुको क्रिया-प्रतिकृया थियो त्यो। शायद धेरै बर्ष देखी नै शित युद्ध झैं भित्र-भित्रै चलिरहेको थियो त्यो द्धन्द्ध। आज आएर, निर्णायक युद्धमा टुङ्गिन लागे झैं महशुस भैरहेछ। परिणाम के निस्कने हो त्यो थाहा भएन। शायद, बच्चा जन्मनु अघिको प्रसव वेदना पो हो की?
Pages
Thursday, September 20, 2012
मेरो मन भित्र घमासान युद्ध चलिरहेछ, किन हो?
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment